राजनीति

कमाण्डर दुर्गा प्रसाईंका क्रियाकलापले आन्दोलन झनै उग्र- प्रहरीलाई अश्लिल गाली गर्दै तोडे निषेधित क्षेत्र

१५ चैत, काठमाडौँ । राजावादी आन्दोलनका प्रमुख कमाण्डर दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई गाली गर्दै निषेधित क्षेत्र तोड्दैँ अघि बढेका छन्।

उनले बीएबी ४२०८ नम्बरको गाडी आफैं चलाउँदै प्रहरीको प्रतिरोधलाई नजरअन्दाज गर्दै अघि बढेका हुन्।

गाडी चलाउँदै उनले अश्लिल गाली गरेपछि प्रहरीले रोक्ने प्रयास गरे पनि उनी अघि बढिरहेका हुन्। प्रसाईंको यस्तो क्रियाकलापले राजावादी आन्दोलनलाई उग्र बनाएको बताइएको छ।