राजनीति

पूर्वराजा समर्थकहरूको तोडफोड र आगजनीप्रति सरकार आक्रोशित ! (बिज्ञप्ति सहित)

१५ चैत, काठमाडौँ । गृह मन्त्रालयले पूर्वराजा समर्थकहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति कडा आपत्ति जनाएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तोडफोड, आगजनी, सार्वजनिक सम्पत्तिमा क्षति तथा हिंसात्मक गतिविधिहरू अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

मन्त्रालयले शान्तिपूर्ण रूपमा विचार व्यक्त गर्ने लोकतान्त्रिक अधिकारलाई सम्मान गर्ने बताउँदै हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। साथै, नागरिकलाई अमनचयन कायम राख्न आग्रह गरिएको छ।

हेर्नुस् बिज्ञप्तिः