१५ चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा संचारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघका अनुसार आन्दोलनमा सहभागी अराजक समूहले विभिन्न संचार गृहमा तोडफोड, आगजनी, र संचारकर्मीमाथि आक्रमण गरेका हो, जसका कारण एक पत्रकारको ज्यान गएको हो ।
एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक समाचार संकलनका क्रममा आगलागीमा परी मृत्यु भएको छ। तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरिएको छ भने कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक्दा ढुंगा प्रहार गरिएको थियो। यस्तै, हिमालयन टेलिभिजनको सवारी साधनमा समेत क्षति पुर्याइएको महासंघले जनाएको छ।
महासंघले प्रेस तथा संचारमाध्यममाथि भएको आक्रमणलाई घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य ठहर गरेको छ। जनतालाई सूचना प्रवाह गर्ने संचारकर्मीमाथि ज्यानै लिने गरी गरिएको आक्रमण प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको महासंघको भनाइ छ।
यसैबीच, महासंघले दिवंगत पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनाको विस्तृत छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ।
हेर्नुस् बिज्ञप्ति :
