१५ चैत काठमाडौं । राजाबादी आन्दोलनका संयोजक दुर्गा प्रसाईँले आफूलाई थुनेर जनताको आन्दोलन नरोकिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफू प्रहरीले बोलाएको स्थानमा आउने बताउँदै प्रहरीले बोलाएको स्थानमा आफू आउन तयार रहेको बताए ।
उनले भने, ‘‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु, अब म थुनिएर आन्दोलन रोकिँदैन ।’
उनलाई पक्राउ गर्न प्रहरीले खोजिरहेको बेला प्रसाईको उक्त अभिब्यक्ती आएको हो । आज तीनकुनेमा प्रसाई संयोजक रहेर गरिएको राजाबादी आन्दोलनमा एक जना पत्रकार र एक जना किर्तिपुरका युवाको निधन भईसकेको छ । अझै केही घाईतेको उपचार भईरहेको बताईएको छ ।
आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ । दिबंगत बन्नुभएका सबिन महर्जन प्रती हार्दिक श्रद्दासुमन ! साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?
उनकाे भनाइ:
हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रीय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ । अन्त्यमा मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।
