राजनीति

राप्रपा जहिले पनि हिंसाको बिपक्षमा छ : अध्यक्ष लिङ्देन

१५ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपनाउन अपिल गरेका छन् ।

अराजक समूहले विभिन्न संचार गृहमा तोडफोड, आगजनी, र संचारकर्मीमाथि आक्रमण गरेका बिषयमा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने ” राप्रपा जहिले पनि हिंसाको बिपक्षमा छ ” ।

लिङ्देनले सबै पक्षलाई वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न आह्वान गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

तर, राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणाले भने, आन्दोलन स्थगित नहुने बताएका छन्। दुर्गा प्रसाईंको आन्दोलनसँग समर्थन जारी राख्दै मिश्र र राणा प्रदर्शनमा सहभागी रहेका छन्।