१५ चैत, काठमाडौं । आजको तीनकुने घटनालाई लिएर प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, नेता धबल शम्सेर राणा तथा आन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रमूख प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामागंले उनीहरुलाई पक्राउ गरेको पुष्टी गरेका छन् । आजको तीनकुनेको राजाबादी आन्दोलनमा दुइ जनाको ज्यान गएको छ ।
तीनकुनेको कार्यक्रमलाई सरकारले बिध्वंश भनेको छ भने आन्दोलनको मोर्चाले राजा ल्याउने आन्दोलनका लागि दिबँगत हुनुहुने दुईलाई सहीद भएको दाबी गरेको छ ।
घाईतेलाई भेट्न अस्पताल गएका बेला उनीहरुलाई पक्राउ गरिएको बताईएको छ । आन्दोलनबाट ३० जना भन्दा बढी घाईते भएको बताईएको थियो ।