बाग्मती

पत्रकार हत्याको विरोधमा माइतीघरमा विरोध प्रदर्शन 

 १६ चैत, काठमाडौँ । हिजो तीनकुनेमा समाचार सङ्कलनको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममा गरिएकोआक्रमणको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।

आज पत्रकार महासङ्घको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि नेपाल पत्रकार महासङ्घले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।

शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार रजकको मृत्यु भएको थियो । भिडियो खिचिरहेको घरमा राजावादीहरूले आगो लगाएका थिए।  रजक त्यही जलेर मृत्यु भएको थियो ।

उनको हत्याको विरोधमा आज बिहान  महासङ्घले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।