१७ चैत, काठमाडौँ । काठमाडौँ । आज साँझ प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई नबोलाइएको पाइएको छ । सर्वदलीय बैठक गणतन्त्र पक्षधरहरूको भनिए पनि राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको हो।
सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई आवश्यक नभएर नबोलाएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन्।
गत शुक्रवार राजावादीहरूले हिंसात्मक गतिविधि प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको सर्वदलीय बैठक बोलाएका हुन् । रास्वपा गणतन्त्रलाई स्वीकार गरेर खोलिएको दल भएर पनि बैठकमा बोलाएको छैन। राप्रपा राजावादी दल हो।