१७ चैत, काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
सिंहदरबारमा जारी गणतन्त्र पक्षधरहरूको बैठकमा आफ्नो धारणा राख्दै उनले शाहको गतिविधि संविधानविपरीत रहेको दाबी गरे।
भट्टराईले पूर्वराजाको हालका गतिविधिहरूले सीमारेखा नाघेको उल्लेख गर्दै भने, “अब उनलाई समय दिन मिल्दैन। दलहरूले सहमति बनाएर संवैधानिक कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।”