राजनीति

पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

१८ चैत, काठमाडौँ ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक समाजवादी मोर्चाको बैठक जारी छ । 

बैठक समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बसेको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ, राजावादीको हिंसात्मक आन्दोलन, संसद् बैठक लगायतका विषयमा छलफल भइरहेको बताइएको छ। 

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरू पनि सहभागी छन् ।