राजनीति

त्रिवि केन्द्रीय क्याम्पसमा मतदान जारी, आजै नतिजा आउने 

१८ चैत, काठमाडौँ । चैत ५ गते रोकिएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान चलिरहेको छ। आज  बिहान ८ बजेदेखि इल्क्ट्रोनिक भोटिङ सिस्टमबाट मतदान सुरु भएको हो। 

 त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् । 

यसअघि विवादका कारण  स्थगित हुँदै आएको थियो।  चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेश पछि स्थगित भएको थियो ।

उक्त विवादमा गत शुक्रवार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिवार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको हो। 

मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

यस पटक त्रिविमा दलका विद्यार्थी सङ्गठनका साथै स्वतन्त्र उम्मेदवारबिच प्रतिस्पर्धा हुँदै छ । अखिलबाट  सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र  उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।