राजनीति

तीनकुनेमा दुई युवा ढल्दा देशलाई दुख्यो, तर निर्मल निवासलाई दुखेन : महामन्त्री शर्मा 

१८ चैत, काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिंसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्र शाह मौन रहेको प्रति आक्रोश व्यक्त गरेका छन्। उनले दुईजना होनहार युवाको मृत्यु  हुँदा पनि निर्मल निवासलाई नदुखेको बताएका हुन्। 

‘शान्तिपूर्ण भनिएको आन्दोलनको नाममा दुईजना होनहार युवाको मृत्यु भयो, तर निर्मल निवासलाई दुखेन, नागरिक मर्दा धेरैलाई दुख्यो तर, निर्मल निवासलाई दुखेन। म सोध्न चाहन्छु–तीनकुनेलाई दुख्दा, हृदय नदुख्ने कस्तो राजा चाहिएको हो?’

प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाका सांसदले गरेको अवरोधप्रति पनि शर्माले असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्रीले बोल्दै गर्दा प्रतिवाद गर्न नपाइने संसद् नियमावलीको ख्याल गर्न पनि आग्रह गरे।