राजनीति

माओवादी केन्द्रले पदाधिकारी बैठक बोलायो 

१८ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। बैठक अपराह्न चार बजेपछि केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने बताएको छ। 

 माओवादीले हालै स्थगित गरेको गरेको तराई-मधेस जागरण अभियानलाई अब कुन रूपमा अघि बढाउने भन्नेबारे बैठकमा छलफल हुनेछ। 

त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम र १५ गते काठमाडौँको भृकुटी मण्डपमा भएको समाजवादी मोर्चाको गणतन्त्र रक्षाका लागि भएको सभाको समीक्षा पनि आजको बैठकले गर्ने उनले बताए।