राजनीति

जिम्मेवारी सम्हाल्दै रविले भने : मलाई दुई तिहाइको सरकारले ज्युँदै छोड्यो, यही हो मेरो जीत 

१८ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच महिनापछि पार्टीको जिम्मेवारी सम्हाल्न आज पार्टी कार्यालयमा फर्किएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएपछि उनी जिम्मेवारीमा रहेका थिएनन्।

उनको स्वागतमा पार्टीका कार्यालयमा आएका कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गर्दै आफूलाई दुई तिहाइको सरकारले ज्युँदै छोड्नु नै आफ्नो जीत भएको बताए । 

उनले भने, ‘दुई तिहाइको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत हो ।’ उनी आजबाट विधिवत् रूपमा पार्टीको प्रमुख जिम्मेवारीमा फर्किएका हुन् ।