१८ चैत, काठमाडौँ । आज काठमाडौँमा नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्याली निकालेको हो ।
र्यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल लगायत तीनकुने पुगेका थिए ।
एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित र्याली निकालेको छ ।
एमालेको अभियान अन्तर्गत आज यो कार्यक्रम गरेको हो।