१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू हिन्दू राष्ट्रको पक्षमा रहेको भन्दै राजतन्त्रको कुनै आवश्यकता नरहेको स्पष्ट पारेका छन्।
संघीय संसद् परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कोइरालाले पटक–पटक अवसर दिएर पनि राजाले सत्ता दुरुपयोग गरेको दाबी गरे। “राजालाई धेरै पटक मौका दिइयो, तर उसले दुरुपयोग मात्रै गर्यो। अब के ग्यारेन्टी छ कि फेरि गलत गर्दैन ? त्यसैले राजा आवश्यक छैन,” उनले भने।
उनले व्यवस्थाबारे अन्तिम निर्णय जनता स्वयंले गर्ने उल्लेख गर्दै मुलुकलाई हिन्दू राष्ट्र बनाउनु पर्ने धारणा राखे।