१८ चैत, काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतदान गणना जारी छ। अहिलेसम्म १७५२ मत गणना भएको छ।
अहिलेसम्म नेविसंघका उम्मेदवार दीपकराज जोशीले ४३८ मत पाएका छन्। अनेरास्ववियुका उम्मेदवार सिद्धान्त ४३२ मत ल्याएका छन् ।
त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहालले ४१५ मत , स्वतन्त्र तर्फ पदमा भुसालले ९६ र अर्का स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले २८० मत पाएका छन्। मतगणना जारी छ।
निर्वाचन समितिका अनुसार कुल ३ हजार १ सय १८ मत खसेको हो।
त्रिवि विश्वविद्यालयमा ६ हजार २ सय ४६ मतदाता थिए । करिब ५० प्रतिशत मात्रै मत खसेको हो।