१८ चैत, काठमडौं । त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका दिपक जोशी ८ मतले सभापतिमा विजय भएका छन् । दिपक राज जोशी अनेरास्वबियूका शिद्धान्त भट्ट र अखिल क्रान्तीकारिका प्रविन दहालसँगको कडा प्रतिष्पर्धाकाविच विजयी भएका हुन् ।
उक्त कुरा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाँग शेर्पाले सुर्यखबरलाई जानकारी दिए ।
त्रिविमा जम्मा खसेको मत तीन हजार ११८ रहेकोमा नेविसंघका जोशीले ७८९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियु सिद्धान्त भट्टले ७८१ मत ल्याएका छन् ।
क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए । त्यसैगरी स्वतन्त्र उमेद्वार उज्ज्वल खड्काले ७१७ मत र अर्की स्वतन्त्र उम्मेद्वार पदमा भुषालले सभापतिमा १६६ मत ल्याएकी छन् ।