१८ चैत, काठमाडौँ । राजसँस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक प्रा डा जगमान गुरुगंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई चैत १५ गतेको राजा ज्ञानेन्द्रका नाममा काटेको ७ लाख ९३ हजारको जरिवाना रसिद तत्काल फिर्ता लिन आह्वान गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै प्रा डा गुरुगंले ‘उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरू स्वयम्ले लिने हो । सो निर्णय काठमाडौँ महानगरपालिकाले तत्काल फिर्ता नलिए सो विरुद्ध कानुनी र अन्य मार्ग प्रशस्त गरिने पनि सबैमा जानकारी गराउन चाहन्छौँ, भनेका छन् ।
उनले धर्म सास्ँकृतिक बचाउन र राजतन्त्र पुन:स्थापना गर्न तीन कुनेमा गरिएको चैत १५ गतेको जनप्रदर्शनको आयोजक राजा ज्ञानेन्द्र नभएको भन्दै उक्त आन्दोलनको आयोजकलाई जपितवाना तिराउन पहल गर्न आग्रह गरेका छन् । प्रा डा गुरुगंले विज्ञप्ति जारी गर्दै श्री ज्ञानेन्द्र शाह निर्मल निवास भन्ने शब्दको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त शब्दको बारेमा साङ्केतिक रूपमा आपत्ति जनाएका छन् ।