१९ चैत, काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओका रूपमा चयन गरेको हो।
चापागाईं लामो समयदेखि सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कार्यरत थिए। यसअघि नारदकुमार लुइँटेललाई नेप्से सीईओमा नियुक्त गरिए पनि मुख्यसचिवबाट प्रमाणित नभएपछि सरकारको निर्णय परिवर्तन भएको हो।
नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो।