राजनीति

निराशा र कुण्ठित अभिव्यक्तिले मुलुक बन्दैन,अब सरकारले आफ्नो गति बढाउनु पर्छ : सांसद खतिवडा 

१८ चैत, काठमाडौँ । काँग्रेस सांसद रामहरि खतिवडाले सरकारको गियरको गति कम भएको प्रतिक्रिया दिएका छन्। आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सरकारले  सबैको चित्त बुझाउन नसकेकोले अब गियर बढाउनुपर्ने बताएका हुन्। 

सांसद खतिवडाले सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर  मुलुकको विकाश नहुने बताए।  जनतामा आशाका किरणहरू दिन आवश्यक रहेको उनको भनाई थियो। 

 ‘सधैँ निराशा र कुण्ठित अभिव्यक्तिले मात्र मुलुक बन्दैन। सरकारले आशाका किरणहरू दिन सफल हुनुपर्छ। अहिले सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसले सबैको चित्त बुझेको छैन। अब गियर परिवर्तन गर्नुपर्छ। जुन गियरमा छ, त्योभन्दा माथि जानुपर्छ। म स्वयं हिन्दु धर्म मान्ने व्यक्ति हुँ, तर नेपाल सबैलाई अटाउने र समेट्ने राज्य हुनुपर्छ। म त्यसै पक्षमा छु।’सांसद खतिवडाले भने। 

 संसद्को हिउँदे अधिवेशन कानुन निर्माणका हिसाबले केही हदसम्म सफल रहेको साथै, संसद् अवरोध गरेर जनताका कुरालाई बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको धारणा राखे।