१९ चैत, काठमाडौंँ । सिरहामा भारतीय नागरिकलाई नागरिकता दिलाउनेमा संलग्नलाई जोगाएको आरोपमा गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ।
चोहर्वामा मंगलबार साँझ स्थानीयहरूले वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डललाई राजनीतिक संरक्षण दिइएको भन्दै पुतला जलाएका हुन्।
भारत विहारका मोस्ताक मियाँले सिरहाबाट नेपाली नागरिकता लिएको खुलेपछि नक्कली बुवा बनाइएका अमानत मियाँ चैत ५ मा पक्राउ परे। तर, अदालतको पक्राउ पुर्जी जारी हुँदा पनि वडाध्यक्ष र वडासचिव अझै पक्राउ परेका छैनन्।