समाचार

त्रिचन्द्र क्याम्पस मतगणना: सभापति, सचिव र कोषाध्यक्ष सबै पदमा नेविसंघको भारी मतान्तरको अग्रता कायम (अपडेट)

२० चैत, काठमाडौँ । त्रिचन्द्र क्याम्पस घण्टाघरमा नेपाल विद्यार्थी सङ्घका सभापति उम्मेदवार ६२५ मतसहित भारी मतान्तरले अगाडी छन् । 

स्वतन्त्र उम्मेदवार सागर न्यौपानेको ३३२ मत छ भने अखिल उम्मेदवार प्रमित बिष्टको तेस्रो स्थान अथवा २३४ मत रहेको छ ।  सागर न्यौपानेले सभापतिमा नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । अखिल गठबन्धनको भने २३४ मत मात्र रहेको छ । अखिल क्रान्तिकारीका प्रदीप भट्टको मत ५५ मत प्राप्त छ ।

मतगणना जारी छ सचिवमा नेविसँघ कै आशिष गिरिको ५०३ मत, स्वतन्त्रका सौरभ पाण्डेको ३४१ मत, अखिलका सुमन पुलामीको २३६ मत तथा अनुप खत्रीको ४३ मत रहेको छ । नेविसंघको गढको रूपमा रहेको त्रिचन्द्र क्याम्पसको सभापतिको अन्तिम मतगणनाको नतिजा आउन बाँकी भए पनि प्रारम्भिकदेखि अहिलेसम्मको मत परिणाम हेर्दा नेविसंघको पल्ला भारी देखिन्छ । 

कोषाध्यक्षमा सुवास बिडारी(अनेरास्ववियु २७२), दुष्यन्त गौतम (नेबिसंघ ५१३ ), गणेश ब शाहि (स्वतन्त्र १०५), सुदिक्षा भट्टराई (स्वतन्त्र २२५) मत प्राप्त गरेका छन् । यो मतगणना एक हज़ार ३६४ मत गणना गर्दासम्मको अपडेट हो ।