२० चैत, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका शिक्षकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। सार्वजनिक सम्पत्तिमा क्षति नगरी, फोहोर नगरी गरिएको आन्दोलनको प्रशंसा गर्दै उनले भने, “हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो।”
मेयर शाहले शिक्षकमाथि समाजलाई सही दिशा दिनुपर्ने जिम्मेवारी रहेको बताउँदै चेतनशील समाज निर्माणमा उनीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। “सार्वजनिक सम्पत्ति आफ्नै हो भन्ने मानसिकता विकसित गरौं। यो शिक्षा तपाईंहरूले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोस्,” उनले भने।
विद्यार्थीको अध्ययन प्रभावित नहुने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै, उनले ‘गाउँगाउँमा सिंहदरबार’ नाराले मात्रै नसमेटिओस्, हरेक नागरिकले आफ्ना अधिकार सुरक्षित गर्न आफ्नै स्थानबाट पहल गर्न सकून् भन्ने आशा व्यक्त गरे।
उनले लेखेका छन् :
