२१ चैत, काठमाडौँ। हिजो छ सयले घटेको सुनको भाउ आज १२ सयले बढेर नयाँ रेकर्ड बनाएको छ।
आज सुनको भाउ हालसम्मकै उच्च भएको हो । प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको छ।
अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ पुगेको छ ।