२० चैत, काठमाडौँ । त्रिचन्द्र क्याम्पस घण्टाघरमा नेपाल विद्यार्थी सङ्घका सभापति गोविन्द कोईराला, सचिवमा आशिष गिरि तथा कोषाध्यक्षमा दुष्यन्त गौतमसहित नेविसंघको प्यानलै भारीमतान्तरमा विजयी भएको छ ।
१६ बर्सपछि भएको स्ववियू निर्वाचनमा कोइरालाले एक हजार २१५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेविसंघबाट नै टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारी दिएका सागर न्यौपानेले ६८३ मत ल्याएका छन् भने अनेरास्ववियूका उम्मेदवार प्रमित विष्टले ४३१ मतसहित तेस्रो स्थान हाँशिल गरेका छन् ।
सचिवमा नेविसंघका आशिष् गिरिले ८५६ मतसहित विजयी भएका छन् । यसै गरी कोषाध्यक्षमा द्ष्यान्त गौतमले ८८३ मतसहित नेविसंघबाट विजयी भएका छन् ।
नेविसंघको गणका रुपमा रहेको त्रिचन्द्र क्याम्पसमा नेविसंघले आफ्नो प्रतिष्ठा बचाएको छ । अखिलले ७ वटा गठबन्धन गरेपनि नेविसंघकै तर्फबाट स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारको भन्दा पनि धेरै कम मतले पराजय भएको छ ।