आर्थिक

कुमारी बैंकको २४ औं वार्षिकोत्सव सम्पन्न

२१ चैत, काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ। यस अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक र शुभचिन्तकहरुलाई कृतज्ञता व्यक्त गर्दै विश्वास र सहयोगको लागि आभार प्रकट गरेको छ।

वार्षिकोत्सवका अवसरमा कुमारी बैंकले आफ्नो परम्परा र सांस्कृतिक पहिचानलाई महत्व दिँदै कर्मचारीलाई परम्परागत भेषभुषा पहिरनको लागि प्रोत्साहित गरेको थियो। यस कार्यक्रमले सांस्कृतिक विविधता र एकतामा जोड दिने अवसर प्रदान गरेको छ।

यसैगरी, बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसले जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ। कुमारी बैंकको २४ वर्षको यात्रा सफल र उत्कृष्ट सेवामा प्रतिबद्ध रहेको छ, र आगामी दिनहरुमा पनि थप सरल र प्रभावकारी सेवाहरु प्रदान गर्न तत्पर रहेको जनाएको छ।

बैंकका ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत देशभर सेवा प्रदान गर्दै आएको कुमारी बैंक, भविष्यमा अझ उत्कृष्ट र सुलभ बैंकिङ्ग सेवा दिन प्रतिबद्ध छ।