२१ चैत, काठमाडौँ । शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्न सरकारले चाँडोै निर्णय लिने तयारी गर्ने भएको छ । शिक्षकहरूले शिक्षा विधेयकमा आफ्नो मागहरू समेटिनुपर्ने र चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन्। यो विषयमा सकारात्मक छलफल गर्दै अघि बढ्ने सरकारले बताएको छ ।
बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतका उच्च सरकारी अधिकारीहरू बीच छलफल भएको थियो। उक्त बैठकमा, सरकारले शिक्षा विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने कुरा बताएका छन्।
गृहमन्त्री रमेश लेखकले भने, “शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकारले चाँडै निर्णय लिनेछ र हामी यस विषयमा गहिरो छलफल गर्दै काम अघि बढाउँछौं।”