सामाजिक सञ्जाल

हर्क साम्पागंको टिप्पणीः गाडाङ गुडुङ गरेर बालेन जीलाई पङ्गु बनाए

२१ चेत, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र  शाहलाई पङ्गु बनाएको टिप्पणी गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेख्दै अब बालेन जीले पनि पावर देखाउने बेला आयो भन्दै उनलाई हौसला दिएका छन् । 

साम्पाङले  भ्रष्टहरूलाई ठेगान लगाउनै पर्छ भन्दै बालेनलाई पावर देखाउन भनेका हुन् । धरानका मेयर साम्पागं र काठमाडौँका मेयर बालेनबीच आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी खोल्नै कुरा उठिरहेको भएपछि पछिल्लो समय सुस्ताएको थियो । 

साम्पाङ.ले कसले पङ्गु बनाए नभने पनि काँग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलहरूलाई आरोप लगाएको सङ्केत बुझिन्छ । बालेनले राजाका नाममा ७ लाख ९३ हजारको जरिवाना काट्नु र आज काठमाडौं महानगरका प्रमुख कार्यकारीलाई महानगर प्रवेश गर्न नदिने कार्यबाट बालेनको आलोचना हुन थालेको छ । 

उनको भनाई:

गाडाङ गुडुङ गरेर बालेन जीलाई पङ्गु बनाए अब बालेन जीले पनि पावर देखाउने बेला आयो ! भ्रष्टहरूलाई ठेगान लगाउनै पर्छ !