२२ चैत, काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछानेलाई थुनामा राख्न आदेश दिएको छ।
अदालतले सुनाएको आदेश अनुसार लामिछानेलाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाउन निर्देश दिएको हो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीको निर्णयलाई बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो।
उच्च अदालतको आदेशसँगै लामिछानेमाथि भइरहेको अनुसन्धानले नयाँ मोड लिएको छ। अदालतको आदेश कार्यान्वयन भएसँगै अब उनलाई अनुसन्धानका क्रममा थुनामै राखिनेछ।