२२ चैत, काठमाडौँ । अदालतले थुनामा राख्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू माथि अन्याय भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले भने, “सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आएँ, अहिलेसम्म नै गिरफ्तार दिइसकेको छु। न्यायालयका अन्य ढोका मेरो लागि खुल्ला होलान् नै, तर न्यायका लागि विश्वका सबै ढोका ढकढकाउँछु।”
उनले आफूलाई ठूलो अन्याय भएको बताउँदै समर्थकहरूलाई चिन्ता नगर्न र चितवनको सभा नरोक्न समेत आग्रह गरेका छन्।
उनले लेखेका छन् :
