खेलकुद

चारदेशीय टी-२०आई खेल्न रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा, सन्दीप अटाएनन् 

२३ चैत, काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङसँग हुने टी-२० सिरिज खेल्नको लागी टोली घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । 

प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, कुवेत र कतार सहभागी हुनेछन्। नेपाली टोलीमा लाेकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन्।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, साेमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन्।

टी-२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा सञ्चालन हुनेछ।