२३ चैत, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिले बितिसकेको विषयमा बहस गर्ने समय नभएको बताएका छन्। आज काठमाडौँमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह लक्षित टिप्पणी गरेका हुन।
महामन्त्री थापाले विगतमा मिल्काइसकेको, एक ठाउँमा लगेर थन्काई सकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको भन्दै राजसंस्था लक्षित अभिव्यक्ति दिए ।
उनले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा आजको बहसको विषय हुनुपर्ने धारणा राखे।