२४ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शनलाई राजसंस्था पुनर्स्थापना लागी संयुक्त आन्दोलन समितिले समर्थन गरेको छ।
संयुक्त आन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आज एक विज्ञप्ति जारी गर्दै राप्रपाको उक्त प्रदर्शनलाई संयुक्त आन्दोलन समितिको साथ रहने जनाएका हुन् ।
विज्ञप्तिमा राष्ट्रिय झण्डा सहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागी हुन राष्ट्रवादी देशभक्त नागरिकलाई आग्रह गरिएको छ।
देशमा हिन्दुराज्य साथै राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। गत चैत १५ गतेको तीनकुनेको राजावादी आन्दोलनलाई राप्रपाले पनि समर्थन गरेको थियो।
