समाचार

बार एशोसिएसन् मतगणना परिणाम: लोकतान्त्रिक समूह भारी मतान्तरले प्यानलै विजयी

२६ चैत, काठमाडौँ । गत शनिवार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा विजयप्रसाद मिश्र पाँच हजार ५२ सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठको पक्षमा दुई हजार ६२१ मात्र देखिएको छ।  

त्यस्तै महासचिवमा केदारप्रसाद कोइरालाले चार हजार ८७४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेको पक्षमा दुई हजार ३६७ मत पाएका छन्।

कोसाध्यक्षमा जगत बहादुर कार्कीको पाँच हजार ८७ मतसहित विजयी भएका छन् । दिपक राईले एक हजार ९५० मत पाएका छन् ।

अध्यक्षऽ महासचिव र कोषाध्यक्षसहित सबे पदमा काँग्रेस–एमालेसहितका उम्मेद्वारहरु पयानलै विजयी भएका छन् ।