राजनीति

आफूले गरेको फोहोर आफैं सफा गरेपछि राप्रपालाई दिए काठमाडौं महानगरका मेयर बालेनले धन्यवाद

२६ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सार्वजनिक स्थानमा कसैले फोहर नगर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरले चाहेका बताएका छन्।

“कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,” उनले लेखेका छन् ।

राजधानी सफा राख्ने उद्देश्यले आयोजित राप्रपको कार्यक्रममा आफैँ सफा गरेकोमा कार्यक्रममा उनले सबैलाई धन्यवादसमेत दिएका छन्।

उनले लेखेका छन् :