२७ चैत, काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकालाई आपराधिक उपद्रव कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए।
तीनकुनेको तोडफोड,आगजनी तथा हिंसात्मक गतिविधिमा संलग्न रहेकालाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ। प्रदर्शनकारीहरूले निजी तथा सरकारी कार्यालय र सवारीका साधनहरूमा आगजनी गरेका थिए।