२७ चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि भएको प्रहरी ज्यादतीविरुद्ध पार्टी आक्रोशित बनेको छ।
मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै आज कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रमुख सचेतक सन्तोष परियार नेतृत्वको टोली राष्ट्रिय मानव अधिकार आयोग पुगेका हुन् ।
उनीहरूले रविको मानव अधिकार रक्षाको लागि तत्काल ध्यान दिन आग्रह गरेका छन् ।