राजनीति

गगनको प्रधानमन्त्री-मन्त्रीहरूलाई सन्देश: १८–२० घण्टा काम गरौं, डुल्ने-घुम्ने काम बन्द गरौं

२७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उद्घाटन र भाषणमै व्यस्त हुँदा सरकारको कामको गति सुस्त भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीव्र आलोचना गरेका छन्।

रुपन्देहीको देवदहमा बुधबार आयोजित पार्टी कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गर्दै भने, “सरकारको प्राथमिकता उद्घाटन र भाषणमा होइन, परिणाममुखी काममा हुनुपर्छ।”

उनले युद्धको मनोविज्ञानका साथ प्रधानमन्त्री र मन्त्रीहरूले दैनिक १८–२० घण्टा काम गर्नुपर्ने आवश्यकता औंल्याए। “उद्घाटनमा नजाऔं, भाषण नगऱौं, डुल्ने-घुम्ने काम छाडौं,” उनले भने, “तपाईंहरू काम गर्नुस्, त्यसको प्रचारप्रसार हामी गरिहाल्छौं।”