२८ चैत, काठमाडौँ । आज बिहीबार सुनको मूल्यमा एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ । हिजो मङ्गलवार तोलामा २ हजार बढेको सुन आज दिन ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो।
यसअघि गत शुक्रवार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको सुनको मूल्य आज अहिलेसम्मकै उच्च बनेको छ। त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।
अन्तर्राष्ट्रिय बजारमा एकै दिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ ।