समाचार

सबै मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली 

२८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज (बिहीबार) सबै मन्त्री र सचिवसँग छलफल गर्ने तयारे गरेका छन्। 

आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न दिउसो साढे ३ बजे सबै मन्त्री र सचिवहरूलाई छलफलको लागी बोलाएका हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार हुनेछ। जेठ १५ गते सरकारले संसद्मा नयाँ बजेट पेस गर्नै पर्ने संवैधानिक व्यवस्था भएका कारण अगाडी नै सरकारले छलफल थालेको हो। 

बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने छन् ।