२८ चैत, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जुनसुकै दलले पार्टी एकता गरे पनि पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्। आज बिहीबार काठमाडौँ क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महामन्त्री थापाले महाधिवेशन पछि धकेलिन्छ कि भन्ने अन्योलमा नपर्न नेता कार्यकर्तालाई आग्रह गर्दै पार्टीको महाधिवेशन ढिलो गर्न नमिल्ने तर छिटो गर्न मिल्ने धारणा राखे।
उनले नेपाली काँग्रेसमा काँग्रेस बिपी अथवा तमलोपा या जुनसुकै पार्टी मिसिँदैमा महाधिवेशन सार्न नहुने जिकिर गरे। उनले पार्टीको झण्डा त्यही चुनाव चिन्ह त्यही हुने भएको हिसाबले महाधिवेशन पर धकेल्न नहुने, कि पार्टी नै नयाँ हुनुपर्ने बताएका हुन्।
२०८३ सालको मङ्सिर यतै पार्टीको महाधिवेशन भइसक्ने महामन्त्री थापाको भनाइ छ।