शिक्षा

नौ दिनको लामो आन्दोलनपछि सरकार र शिक्षक बिच मन्त्रालयमा वार्ता सुरु

२८ चैत, काठमाडौं । नौ दिनदेखि आन्दोलनमा रहेका शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ।

बिहीबार शिक्षामन्त्रालयमा सुरु भएको वार्तामा शिक्षक महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ। सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली वार्तामा सहभागी भएको हो।

लामो समयदेखि जारी आन्दोलनको समाधानका लागि दुबै पक्ष सकारात्मक देखिएका छन्। वार्ताबाट सार्थक निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।