२८ चैत, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ। चैत १५ गते राजीनामा बुझाएर पोखरा फर्किएका बरालको प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजीनामा स्वीकृत गरेका हुन्।
प्रधानमन्त्री ओलीले आज १३ दिन पछि बरालको राजीनामा स्वीकृत गरेका हुन।
उपकुलपति बराललाई राजीनामा फिर्ता गरेर काममा फर्किन विश्वविद्यालयका पदाधिकारीहरूले उनको निवास पोखरामै पुगेर आग्रह गरे पनि उक्त प्रयास सफल हुन सकेन।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले बराललाई उपकुलपतिमा नियुक्त गरेको थियो। सरकार फेरिएसँगै राजनीतिक दबाबका कारण बरालले पदबाट राजीनामा दिएको हुनसक्ने अड्कल गरिएको छ।