समाचार

तीनकुने घटनामा शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोपमा शिवसेना नेपालका मजदुर विभाग प्रमुख पक्राउ 

२८ चैत, काठमाडौँ । गत चैत १५ गते भएको राजावादी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा शिवसेना नेपालको मजदुर विभाग प्रमुख ४६ वर्षीय मनोज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उनले तीनकुनेको कार्यक्रममा भिडलाई हिंसात्मक गतिविधिका लाग्न उक्साएको प्रहरीको आरोप छ। 

पक्राउ पर्ने सापकोटा सिराहाको मिर्चैया नगरपालिका–६ घर भई भक्तपुर लोकन्थलीमा बस्दै आएको बताइएको छ। उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रहरीका अनुसार सापकोटा वीर गोर्खाली मिडिया प्रालिका सञ्चालक समेत हुन्। 

प्रहरीले तीनकुनेको आगलागी तोडफोड र हिंसात्मक गतिविधिमा संलग्नलाई कानुनी दायरामा लाउने काम गरिरहेको छ। उक्त दिनको घटनामा एक जना पत्रकार अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।