समाचार

नौ दिने आन्दोलनपछि मन्त्रालयसंगको वार्ता सकियो, तर सहमति अझै खुलाईएन

२८ चैत, काठमाडौँ । नौ दिनदेखिको आन्दोलनपछि शिक्षक महासंघ र सरकारबीच बिहीबार शिक्षामन्त्रालयमा वार्ता सम्पन्न भएको छ। महासंघको तर्फबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी हुँदा, सरकारको प्रतिनिधित्व शिक्षामन्त्री विद्या भट्टराईले गरेकी थिइन्।

तर, वार्तामा के–कसरी सहमति जुट्यो भन्नेबारे मन्त्रालयले सार्वजनिक खुलासा गरेको छैन।

२० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको महासंघले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक कब्जा गरेर प्रदर्शनसमेत गरेको थियो।