२९ चैत, काठमाडौँ । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँलाई काकडभित्ता नाकाबाट नेपाल ल्याइएको छ। गएराती भारतीय सुरक्षाकर्मीसँग आत्मसमर्पण गरेका उनलाई नेपाल प्रहरीको जिम्मा लगाएपछि उनलाई चन्द्रगढी विमानस्थल लगिएको हो।
उनलाई केही बेरमा काठमाडौँ ल्याइने छ। प्रसाईँलाई लिन प्रहरीको विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल- भारतको सीमा क्षेत्रमा गएका थिए।
उनले आफ्नो सुरक्षाको ग्यारेन्टी हुन्छ भने सार्वजनिक हुन तयार रहेको एक भिडियो सन्देश मार्फत बताएका थिए।