सामाजिक सञ्जाल

दुर्गा प्रसाईँको  उच्च मनोबल प्रदान गर्न काठमाडौँ विमानस्थलमा उपस्थित हुन सर्वसाधारणलाई महाअभियानकाे अपिल

२९ चैत, काठमाडौँ । भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाएपछि भरतपुर हुँदै काठमाडौँ ल्याउने तयारीमा रहेका राजावादी आन्दोलनका अभियन्ता दुर्गा प्रसाईँले आज झापाबाट काठमाडौँ आउँदा काठमाडौँ विमानस्थलमा उपस्थिति हुन अपिल गरेका छन् । 

दुर्गा प्रसाईँको महाअभियान नामक फेसबुकमार्फत उक्त आह्वान गर्दै विमानस्थलमा आउँदा त्रिभुवन विमानस्थलमा भेला भई नेपाली राजनैतिक आन्दोलनमा उहाँको योगदानको उच्च सम्मान साथ उच्च मनोबल प्रदान गर्नको लागि उपस्थित भई दिनुहुन हार्दिक अनुरोध भनिएको छ । 

प्रसाईँको अभियानले ९ बजे भद्रपुरबाट काठमाडौँ हिँड्ने र ९.३० बजे त्रिभुवन विमानस्थलमा आउन अपिल गरे पनि यो समाचार तयार पार्दासम्म प्रसाईँ काठमाडौँ  विमानस्थलमा आउने समय यकिन हुन सकेको छैन । दिनको १२ बजेसम्ममा काठमाडौँ  आइसक्ने दाबी भने मिडियाहरिले प्रहरी स्रोतलाई उद्धृत गर्दै दाबी गरेका छन् । 

महाअभियानको फेसबुकमा भनिएको छ:

आदरणीय अभियन्ता तथा सम्पूर्ण राष्ट्रवादी साथीहरू!

हाम्रो संयुक्त जनआन्दोलन सङ्घर्ष समितिका जनकमान्डर श्री दुर्गा प्रसाईँ ज्यू ले हिजो साँझ भारतको आसाम राज्यको प्रहरीलाई आफूलाई नेपाल सम्म सुरक्षित रूपमा पुर्‍याइदिन गर्नुभएको आग्रहलाई आसाम प्रहरीले स्वीकार गर्दै उहाँलाई नेपालको पूर्वी सीमा नाका काँकडभिट्टा सम्म ल्याउँदै गरेको र अहिले केही बेरमा कानुनविद् मानवअधिकार कर्मी तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूको रोहबरमा नेपाल प्रहरीको जिम्मा लगाउने कार्यक्रम रहेको र झापाको भद्रपुर विमानस्थल बाट आजै बिहान ९ बजेको विमान बाट काठमाडौँ ल्याउने कार्यक्रम रहेकोले अहिले बिहान ९ः३० सम्ममा त्रिभुवन विमानस्थल मा भेला भई नेपाली राजनैतिक आन्दोलनमा उहाँको योगदानको उच्च सम्मान साथ उच्च मनोबल प्रदान गर्नको लागि उपस्थित भई दिनुहुन हार्दिक अनुरोध गर्दछौँ !

मिति: २०८१ चैत्र २९ गते 

समय: बिहान ९ः३० बजे

स्थान: त्रिभुवन विमानस्थल , आन्तरिक टर्मिनल अगाडि

भारतबाट दुर्गा प्रसाईं पक्राउ – प्रहरी टोलीले नेपाल ल्याउने तयारी

भारतीय प्रहरीसँग आत्मासमर्पण गरेको हुँ, पक्राउ परेको होईन: प्रसाईँको सचिवालय

दुर्गा प्रसाईँ भद्रपुर विमानस्थलमा, केही बेरमा काठमाडौँ ल्याउने तयारी