रोजगारी

नेपाली सेनामा ठुलो सङ्ख्यामा भर्ना खुल्यो,कहिलेसम्म आवेदन दिन पाइन्छ ? (हेर्नुहोस् सूचना)

२९ चैत, काठमाडौँ । नेपाली सेनाले २६ सय भन्दा बढीको भर्ना प्रक्रिया खुल्ला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले आज शुक्रवार एक सूचना जारी गर्दै भर्ना खुलेको जनाएको हो। भर्ना छनोटमा भाग लिन चाहने इच्छुक व्यक्तिहरूले वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने छन्।  

आवेदकले दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म पनि आवेदन दिन सकिने सूचनामा भनिएको छ। न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनु पर्नेछ नेपाली सेनाको सूचनामा भनिएको छ । त्यस्तै, पुरुषका लागि ५ फिट ३ इन्च र महिलाका लागि ५ फिट उचाइ अनिवार्य हुनुपर्ने भनिएको छ।  

जारी सूचनामा भर्ना छनोटको लागी नेपाली सेनाले तोकिएको केन्द्रमा आवेदन फाराम बुझाउन सम्पूर्ण आवेदकहरूलाई आग्रह गरेको छ। खुल्ला गरिएका सबै पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक हिसाबले छनोट गरिने समेत उल्लेख छ।