सामाजिक सञ्जाल

रवि र बालेनको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजियो : महासचिव भुसाल

२९ चैत, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले हालै सामाजिक सञ्जालमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र व्यवसायी दुर्गा प्रसाईँलाई पनि कठघरामा उभ्याउनुपर्ने माग गरेका छन्।

भुसालले चैत्र १५ गतेका घटनालाई आपराधिक भन्दै कडा आलोचना गरे। उनले भने, “त्यस दिन राजावादीहरुले जे गरे त्यो आपराधिक थियो। त्यसको निन्दा–भर्त्सना हुनु पर्छ, भइरहनेछ।” तर उनले थपे, “तर अहिले त्यस घटनालाई प्रचार गरेर विगतमा राजनीतिमा बसेका व्यक्तिहरूले गरेका भ्रष्टाचार र नालायकी ढाकछोप गर्न खोजिएको छ।”

उनको भनाइमा, विगत ७५ वर्षमा मुलुकमा केही विकास भए पनि त्यसको मूल्य राज्य शोषणबाट तिर्नुपरेको छ। “मुलुकले पाएको बाटो, औसत आयु, स्वास्थ्य र साक्षरताजस्ता ‘विकास’ दलाल र विचौलिया गिरोहको मूल्यमा आएको हो,” उनले लेखेका छन्।

भुसालले रवि लामिछाने र बालेन साहप्रति पनि टिप्पणी गरे। उनीहरूको हर्कतलाई “अल्लारे र उत्ताउला” भन्दै, “सत्ता गठबन्धन तिनकै कारण झस्किएको” उल्लेख गरे। उनले आरोप लगाए कि सत्ताधारीहरूले यिनलाई राष्ट्रिय खतरा देखाएर आफ्ना पाप पखाल्न खोजिरहेका छन्।

उनले लेखेका छन् :